दाङमा निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र दुई शव भेटिए
दाङ: दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एक घरको पानी ट्याङ्कीभित्र दुईजना पुरुषको शव फेला परेको छ। रजौरास्थित निर्माणाधीन भवनको पानी ट्याङ्कीमा दुई पुरुष मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरू गरिसकेको छ। प्रहरीका अनुसार मृतक दुवै जनाको पहिचान अझै हुन सकेको छैन। शवलाई ट्याङ्कीबाट निकालेर परीक्षण तथा पहिचानका लागि पठाउने तयारी भइरहेको छ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस !