घरबाट पेस्तोल र लागुऔषध बरामद, एक जना पक्राउ
विराटनगर ः विराटनगरको एउटा घरबाट पेस्तोल र लागुऔषध बरामद भएपछि प्रहरीले बुधबार बिहानका राति एक जनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरबाट ५९ वर्षीय लालकिशोर यादवलाई पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
उनका अनुसार यादवको घरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले छापा हानेको थियो । घरको कोठा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, लागुऔष्ध खैरो हेरोइन (ब्राउन सुगर) ३ ग्राम ०७ मिलिग्राम र ८ ग्राम ४८ मिलिग्राम गाँजा बरामद भएको डीएसपी मिश्रले बताए ।
पेस्तोल र लागुऔषध बरामद भएपछि प्रहरीले यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । उनीविरुद्ध हातहतियार खरखजना र लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !