जानकी मन्दिरबाट लेखेटिए हर्क साम्पाङका कार्यकर्ता

जानकी मन्दिरबाट लेखेटिए हर्क साम्पाङका कार्यकर्ता

जनकपुर : बिभिन्न हिन्दूवादी संघसंस्था आवद्ध युवाहरुले जनकपुरधामस्थित जानकी मन्दिर परिसर श्रम संस्कृति पार्टीका कार्यकर्तालाई लखेटेका छन्। पार्टी अध्यक्ष हर्क साम्पाङलाई स्वागत गर्न बसेका श्रम संस्कृति पार्टीका कार्यकर्ताहरुलाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन् ।

हिन्दू सम्राट सेनाले साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको आरोप लगाउँदै जानकी मन्दिर प्रवेश गर्न नदिने जनाएका थिए । सो क्रममा तनावको अवस्था सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गरेर स्थीतिलाई नियन्त्रणमा लिएको थियो । त्यसलगतै हिन्दू सम्राट सेनाका कार्यकर्ताहरु प्लेकार्डसहित मन्दिरको बाहिर गेटमा बसेका थिए ।

पार्टी कार्यक्रममा सहभागी जनकपुर जाँदा अध्यक्ष साम्पाङले मन्दिरको दर्शन गर्ने तयारी गरेका थिए । मन्दिरबाट आफ्ना कार्यकर्ता लखेटिएपछि अध्यक्ष साम्पाङले मन्दिर प्रवेशमा रोक लगाउने गरी कसैले राजनीति गर्न खोजेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत उनले श्रमदाताहरुलाई दुव्र्यवहार भएको भन्दै संयमित हुन समेत आग्रह गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.