पहिरोले सिप्रिङ आयोजनाको ड्याममा क्षति, एक जना बेपत्ता

पहिरोले सिप्रिङ आयोजनाको ड्याममा क्षति, एक जना बेपत्ता
सुन्नुहोस्

दोलखा : दोलखाको गौरीशङ्कर गाउँपालिका– ९ मुलखर्कमा रहेको ९ मेगावाटको सिप्रिङ खोला जलविद्युत आयोजनाको ड्याम मंगलवार रातिको अविरल बर्षाका कारण पूर्णरुपमा क्षति भएको छ । पहिरोमा परी स्थानीय ७५ बर्षीय चसमान तमाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

मंगलवार राति ११ः३० बजेतिर सिप्रिङ खोलामा बाढी आएपछि सिप्रिङ खोला जलविद्युत आयोजनाको ड्याम पुरिएको र आयोजनामा रहेको आफूसहित अन्य साथीहरु डिलमा बसेर बचेको आयोजनाका कर्मचारी मनिक श्रेष्ठ (मनिक बिनोद श्रेष्ठ) ले बताए ।

आयोजनाको ड्याम नजिक गाई गोठ राखेर बसेका चसमान तमाङ र उनको गोठमा रहेको १० वटा गाई तथा २५ भन्दा बढी खसी– बाख्रा बगाएको श्रेष्ठले बताए । आयोजनाको ड्याम साइटमा बस्दै आएको आफूसहित सुकदेव श्रेष्ठ, कल्याण विश्वकर्मा र सूर्यबहादुर तमाङ ड्याम भन्दा माथिको डिलबाट स्थानीयको सहयोगमा सुरक्षित निस्किएको मनिक श्रेष्ठले बताए । 

सिप्रिङ खोला आयोजनाको ड्याममा पहिरोले क्षति पुगेको जानकारी आएपछि वडाले आवश्यक समन्वय गरी उद्दार तथा खोजीको काम गरिरहेको गौरीशंकर गाउँपालिका– ९ का वडा अध्यक्ष निमगेली शेपाले बताए । पहिरोमा हराएका मानिसको खोजीको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.