रौतहटमा एकै दिन २५ जना पक्राउ

रौतहटमा एकै दिन २५ जना पक्राउ
सुन्नुहोस्

रौतहट : प्रहरीले एकै दिन चेक अनादार मुद्दामा फरार २६ अभियुक्त पक्राउ गरेको छ। फरार अभियुक्त पक्राउ गर्ने अभियानअन्तर्गत एकै दिन २६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए। 

पक्राउ परेकामध्ये २५ जना चेक अनादर मुद्दाका अभियुक्त रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटले जेठ १९ गते सञ्चालन गरेको विशेष अभियानका क्रममा विभिन्न मुद्दामा फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरिएको उपरीक्षक रिजालले बताए।

चेक अनादर मुद्दामा पक्राउ पर्ने अधिकांश चन्द्रपुर नगरपालिकाका छन्। चन्द्रपुर नगरपालिका-४ का विवेक घिसिङ, रामबाबु चौधरी, पूजा पराजुली, लछुमा थापा मगर, हरिप्रसाद प्रसाईँ, दीपिका विश्वकर्मा, विकास तिमल्सिना, दुर्गा बहादुर घले, रेखा पाठक र समशेर सुनार रहेका छन्। हरिप्रसाद प्रसाईँ र समशेर सुनारविरुद्ध दुई–दुई वटा चेक अनादर मुद्दा रहेको प्रहरीले जनाएको छ।

त्यस्तै चन्द्रपुर नगरपालिका-५ का निर्मल भण्डारी, पूजा पराजुली, जक्सन मियाँ कबारी, उमेश साह र ओमनाथ गिरीलाई पनि चेक अनादर मुद्दामा पक्राउ गरिएको छ।

त्यस्तै चन्द्रपुर नगरपालिका-६ का रबि अख्तर अन्सारी, गीता कुमारी राई, सबिना कार्की राउत, अमर बहादुर ठाकुर, बसन्तकुमार चौधरी र मुकेश चौधरी पनि चेक अनादर मुद्दामा पक्राउ परेको प्रहरीले जनाएको छ। 

त्यस्तै गरुडा नगरपालिका-८ का लखिन्द्र गुप्ता र वृन्दावन नगरपालिका-८ का विवेक यादवलाई पनि चेक अनादर मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका २६ जनामध्ये चन्द्रपुर नगरपालिका-६ का मुकेश चौधरीलाई भने सवारी ज्यान मुद्दामा पक्राउ गरिएको उपरीक्षक रिजालले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.