काठमाडौंमा चोरी भई फेला पारिएका ४० मोटरसाइकल–स्कुटर धनीलाई बुझाइयो

काठमाडौंमा चोरी भई फेला पारिएका ४० मोटरसाइकल–स्कुटर धनीलाई बुझाइयो
सुन्नुहोस्

काठमाडौं : काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भइ फेला परेका ४० वटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । 

बुधबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले २५ वटा मोटरसाइकल र १५ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमवाट आएका सूचनाका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट  उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

सो क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी लक गर्न सुुझाव दिए । त्यस्तै पछिल्ला दिनमा सवारी नियम उल्लंघनका घटना बढेको भन्दै मर्यादित र नियमको पालना गर्दै सवारी चलाउन आग्रह गरे । गत साउन यता करिव ५ सय वटा सवारी साधन धनीलाई जिम्मा लगाइसकेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.