सशस्त्र प्रहरीका असई र युवती सामुदायिक वनमा मृत फेला

सशस्त्र प्रहरीका असई र युवती सामुदायिक वनमा मृत फेला
सुन्नुहोस्

काभ्रेपलाञ्चोक : एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरी बलका असई र एक युवती काभ्रेको पाँचखालस्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सशस्त्र प्रहरी बल १५ नं हेड क्वार्टर, पाँचखालमा कार्यरत असई शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरीको शव पाँचखाल नगरपालिका–३ स्थित ठुली सामुदायिक वनमा रहेको मौवाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार दुवै जनाको शव सलको पासो प्रयोग गरी एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो । शव लामो समयदेखि त्यही अवस्थामा रहेको अनुमान गरिएको छ । शव सडेको अवस्थामा फेला परेकाले केही अंग चुँडिएर जमिनमा खसेको तथा टाउको झुण्डिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट बरामद भएका कपडा, व्यक्तिगत सामग्री तथा अन्य कागजातका आधारमा प्रारम्भिक पहिचान गरेको थियो । त्यसपछि परिवारका सदस्य र आफन्तमार्फत रुजु गर्दा मृतकहरू शक्ति राम र शर्मिला चौधरी रहेको पुष्टि भएको जनाएको छ । प्रहरी अनुसन्धानका अनुसार शक्ति राम वैशाख १९ गतेदेखि लागू हुने गरी दुई दिनको बिदामा घरबाट निस्किएका थिए । यस्तै शर्मिला चौधरी वैशाख १८ गते काभ्रेपलाञ्चोकमा रहेका शक्ति रामलाई भेट्न जाने भन्दै घरबाट निस्किएकी थिइन् । त्यसपछि दुवै जना सम्पर्कविहीन भएका थिए ।

शक्ति रामका परिवारले वैशाख २१ गते सशस्त्र प्रहरी बल १५ नं हेड क्वार्टर, पाँचखालमा खोजतलासका लागि निवेदन दिएका थिए भने शर्मिलाका भाइ रञ्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजतलासका लागि निवेदन दिएका थिए । घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो । दुवै शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको छ । घटनाको कारण र मृत्युको वास्तविक अवस्था खुलाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.