रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँदिल्लीमा भेटवार्ता

रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँदिल्लीमा भेटवार्ता
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।

काठमाडौं : सत्तारुढ दल रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।  पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेको नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन्।

null

भेटमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतीय विदेश मन्त्री डा. एस जयशंकर समेत उपस्थिति रहेको छ। ५ दिने भ्रमण टोलीमा लामिछानेसँगै उनकी श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री एवम् सांसद् विपिन आचार्य, सचिवालय सदस्य एवम् सांसद् दीपक बोहोरा र प्रदीप आचार्य छन्।

भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा लामिछानेको नेतृत्वमा रास्वपाको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ। लामिछाने भारतीय मन्त्री एवं सत्तारूढ दलका शीर्ष नेताहरूसँगको भेटवार्तामा व्यस्त छन्। 

लामिछानेले मंगलबार भारतका विदेशमन्त्री एस. जयशंकर र सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनलगायतसँग भेटवार्ता गरेका थिए। 

यसैगरी भारतस्थित प्रवासी नेपाली सम्पर्क मञ्चको कार्यक्रममा भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ। लामिछानेको अयोध्या भ्रमण गर्ने कार्यतालिकासमेत रहेको छ। उनी भारत भ्रमण पूरा गरी जेठ २२ गते स्वदेश फर्कने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.