भदौं २३–२४ गतेको घटना घटाउन तालिम नै चलाइएको थियो : केपी ओली
काठमाडौं : पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौं २३–२४ गतेको घटना पहिल्यै प्रायोजित रहेको टिप्पणी गरेका छन् ।
काठमाडौंमा आजबाट सुरु भएको दुई पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जुन कुरा राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो प्रतिवेदनमा स्पष्ट रुपमा उल्लेख गरेको बताएका छन् । अध्यक्ष ओलीले भदौंको उक्त घटनाका बेला आफूहरु लोकतान्त्रिक र संवैधानिक रुपमा बलियो अवस्थामा रहेको बताउँदै उनले आफूहरु त्यो बेला जनताबाट निर्वाचित वहुमत प्राप्त सरकारमा रहेको बताएका छन् । अध्यक्ष ओलीले आफूहरुको अत्यधिक वहुमतप्राप्त आफूहरुको सरकारलाई कानुनी र संसदीय प्रयासबाट ढाल्ने कोशिस भएको समेत बताएका छन् ।
उनले आफूहरुको सरकारलाई ध्वस्त पार्ने कोशिस असफल भएपछि अवैधानिक र षडयन्त्रपूर्ण तरिकाले विस्थापित गर्ने काम गरिएको बताए । उनले त्यसका निम्ति पहिले पहिलेदेखि तालिमहरु भएको समेत आरोप लगाएका छन् । उनले आगो कसरी लगाउने, अत्यन्त प्रज्वलनशिल वस्तुहरु कसरी बनाउने ? पेट्रोल बम कसरी बनाउने ? छिटो आगो लगाउने भन्ने जस्ता कुराहरु, राष्ट्रयव्यापी रुपमा आगलागीका घटना कसरी गराउने भन्ने पुरै तयारी गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस !