वन गस्ती टोलीमाथि आक्रमण, पाँच जना घाइते

वन गस्ती टोलीमाथि आक्रमण, पाँच जना घाइते

रौतहट : वन संरक्षण गस्ती टोलीमाथि रौतहटमा सांघातिक आक्रमण भएको छ । घटना सोमबार राति घटेको भए पनी अहिले सार्वजनिक भएको छ ।  वन गस्तीमा खटिएको टोलीमाथि तस्कर समूहले आक्रमण गर्दा वन अधिकृतसहित पाँच जना घाइते भएको डिभिजन वन कार्यालयका प्रमुख  हेमन्त साहले जानकारी दिएका छन् ।  

null

चन्द्रनिगाहपुर–मैरा सडक खण्ड अन्तर्गत पर्ने पुल नजिकै काठ चोरी भइरहेको गोप्य सूचनाका आधारमा डिभिजन वन कार्यालय र रङ्गपुर साझेदारी वन उपभोक्ता समितिको संयुक्त टोली गस्तीमा निस्किएको बेला आक्रमण भएको वन कार्यालयले जनाएको छ ।

null‘तस्कर समूहले चारैतिरबाट घेरा हालेर निर्घात कुटपिट गरे, गस्तीमा गएको बेला सांघातिक हमला गरेर घाइते बनाए’, वन प्रमुख साह भन्छन्, ‘वनको सुरक्षा गर्न गाह्रो अवस्था आयो ।’ आक्रमणमा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार चौधरी, वन रक्षक सुरेन्द्र चौधरी, रङ्गपुर साझेदारी वन उपभोक्ता समितिका सदस्य अर्जुन चौधरी, विमल थापा र गाडीका चालक अरविन्द पटेल घाइते भएका छन् । 

null

वन क्षेत्रमा अवैध रूपमा काठ चोरी भइरहेको गोप्य सूचना आए लगतै गस्ती टोली त्यसतर्फ गएको थियो । गस्ती टोली पुग्नासाथ काठ तस्करीमा संलग्न समूहले  टोलीमाथि आक्रमण गरेको रङ्गपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष अशोक यादवले बताए । आक्रमणमा परी गम्भीर घाइते भएकाहरूको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.