भारतीय प्रधानमन्त्री मोदी र रवि लामिछानेबीच के के भयो छलफल?

भारतीय प्रधानमन्त्री मोदी र रवि लामिछानेबीच के के भयो छलफल?
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ। उनीहरूबीच नेपाल-भारत सम्बन्धलाई थप सुदृढ र उचाइमा पुर्‍याउने विषयमा छलफल भएको छ।

भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लामिछानेले प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो र फलदायी संवाद भएको बताए। उनले विकास कूटनीति, साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोर र सहज सम्पर्क विस्तारमार्फत नेपाल र भारतबीचको सहकार्यलाई नयाँ चरणमा लैजान सकिने विश्वास व्यक्त गरे।

लामिछानेले नेपाल र भारतका जनताको साझा समृद्धिका लागि यी सम्भावनालाई व्यवहारमा उतार्न रास्वपा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

यता भारतीय प्रधानमन्त्री मोदीले पनि लामिछानेसँगको भेटप्रति खुसी व्यक्त गर्दै साझा र समृद्ध भविष्य निर्माणका लागि नजिकबाट सहकार्य गर्ने चाहनालाई आफूले पूर्ण समर्थन गरेको बताएका छन्।

मोदीले नेपालको नयाँ सरकारसँग मिलेर दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन भारत इच्छुक रहेको उल्लेख गरेका छन्। उनले नेपालको महत्वलाई भारतको ‘नेबरहुड फर्स्ट’ नीतिको प्राथमिक साझेदारका रूपमा पुनः दोहोर्‍याएका छन्।

दुवै नेताले नेपाल-भारत सम्बन्धलाई विकास, विश्वास र पारस्परिक हितमा आधारित नयाँ आयामतर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.