पुतलीबजारमा जिल्लाकै पहिलो ब्यवस्थित बधशाला सञ्चालन

पुतलीबजारमा जिल्लाकै पहिलो ब्यवस्थित बधशाला सञ्चालन
सुन्नुहोस्

स्याङ्जा : उपभोक्ताले सफा, स्वच्छ र गुणस्तरीय मासु खान पाउने उद्देश्यले निर्माण गरिएको बधशाला बुधवारदेखि सञ्चालनमा ल्याइएको छ । पुतलीबजार नगरपालिकाले जिल्लामै पहिलो पटक ब्यवस्थित बधशाला सञ्चालनमा ल्याएको हो । 

पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर खेल मैदान नजिक रहेको अत्याधुनिक सुबिधासम्पन्न बधशालामा बुधवार बिहान २ वटा भैंसी-राँगो काटेर सुरुवात गरिएको हो । पुतलीबजार नगरपालिका र गण्डकी प्रदेश सरकारको आर्थिक लगानी रहेको बधशालामा  बुधवारदेखि सञ्चालनमा ल्याइएको हो ।
नगरका मासु ब्यवसायीले बर्षौदेखि आँधीखोला किनार, खेत र खुल्ला चौरमा भैसी-राँगो बध गर्दै आएका थिए । खोलाकिनारमा पशुवध गर्दा खोला नै प्रदुषित र दुर्गन्धित बनेको थियो ।

nullअव्यवस्थित र अस्वस्थकर वातावरणमा पशु वध भइरहेको जनगुनासोलाई सम्बोधन गर्दै नगरपालिकाले यो नयाँ प्रणाली सुरु गरेको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए । लामो समयदेखि आँधीखोला किनारमा भैसी÷राँगो बध गर्दै आएका मासु ब्यवसायीले अबदेखि सुबिधासम्पन्न भवनभित्र बध गर्ने अवसर पाएका छन् । ब्यवस्थित बधशालामा भैंसी बध गर्न पाउँदा खुशी लागेको मासु ब्यवसायीको भनाई छ । बधशालाको अभावमा खोला किनार र चौरमा बध गर्नु परेको वाध्यता पनि उनीहरुले सुनाए । 

बधशालामा पशुको वध गर्नुअघि स्वास्थ्य जाँच र स्वास्थ्य मापदण्ड पुरा गरेर मात्र मासु बिक्री बितरण गर्न सुझाएको बताउँछन् प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना । उनले भने, ‘स्थानीय उपभोक्ता तथा मासु व्यवसायीेका लागि बधशाला सञ्चालन हुनु पुतलीबजारका लागि सकारात्मक कदम हो ।’ नेपालमा पशु बधशाला र मासु जाँच ऐन २०५५ बनेको छ । कार्यान्वयन गर्ने जिम्मेवारी पाएको स्थानीय तहले बधशाला निर्माण गरेर आधारभूत स्वास्थ्यका मापदण्ड पालना गरेको बताउँछन् पशु चिकित्सक डा. अनिल चौधरी । ऐनमा धेरै कुरा बोलेको छ क्रमशः पुरा गर्दै जानु पर्दछ । त्यसकै अभियानमा हामी छौं’, उनले भने । 

सुरुवाती चरणमा ब्यवसायिकरुपमा भैंसी-राँगो काट्नेका लागि मासिक ३० हजार रुपैंयाँ लिने गरी सम्झौता भएको छ । आउँदा बर्षमा भने टेण्डर प्रक्रियामार्फत बधशालाको उपयोग हुने नगरपालिकाले जनाएको छ । तर, हाम्रा धर्म, संस्कृति, पुजापाठ, भोजभतेरसँग जोडिएका धर्म संस्कृतिका पुजापाठमा भने पशु बधका लागि खुलाचौरको उपयोगलाई नरोकिएको भनिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.