एसीसी महिला प्रिमियर कप : कतारलाई ८ विकेटले पराजित गर्दै नेपालको शानदार विजय

एसीसी महिला प्रिमियर कप : कतारलाई ८ विकेटले पराजित गर्दै नेपालको शानदार विजय

काठमाडौं : एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गतको समूह डीमा रहेको नेपालले कतारलाई ८ विकेटले हराएको छ। मलेसियाको क्वालालम्पुरस्थित कोलेज तान्कु जाफर ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतार १६.५ ओभरमा ७६ रन बनाउँदै अल आउट भएको थियो।null

कतारले दिएको ७७ रनको विजय लक्ष्य पछाएको नेपालले १०.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। नेपालको जितमा ओपनर ब्याटर बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन्। उनले ३० बलमा ४ चौका प्रहार गरिन्। दोस्रो विकेटका लागि पूजा महतो र बिन्दु रावलले ४१ रनको साझेदारी गरे। पूजा महतो २८ रनमा अविजित रहिन्। कप्तान इन्दु बर्मा ५ बलमा १ चौकासहित ६ रनमा अविजित रहिन्। 

कतारका लागि बलिङतर्फ साहिरिननवाब खान र खादिजा अहमदले १-१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको कतारको लागि ओपनर ब्याटर गीतरुड चान्दिरुले सर्वाधिक २५ रन बनाइन् उनले १९ बलमा दुई चौका र एक छक्का प्रहार गरिन्। पहिलो विकेटका लागि दुई ओपनरद्वय फातिमा मुकादमसँग उनले ३५ रनको साझेदारी बनाएकी थिइन्। सुरुवात मध्यम भएपनि त्यसपछि भने कतारले लय समाउन सकेन । कप्तान आयशाले १० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् फलस्वरूप कतार ७६ रनमा रोकिएको थियो। 

नेपालको लागि बलिङतर्फ रुबिना क्षेत्रीले सर्वाधिक ३ विकेट लिइन्।‌ कविता कुँवर, रिया शर्मा र पूजा महतोले १-१ विकेट लिए। नेपालले दोस्रो खेल भुटानसँग खेल्नेछ। प्रिमियर कपको सेमीफाइनलिस्ट एसिया कपको लागि छनोट हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.