पावरप्लेमा नेपालको ३ विकेट पतन
काठमाडौं : एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गत भुटानसँगको खेलमा नेपालले पावरप्लेमा ३ विकेट गुमाएको छ।
क्लालम्पुरस्थित कोलेज तान्कु जाफर ओभलमा नेपालले भुटानविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पावरप्लेमा ३ विकेटको क्षतिमा ३२ रन बनाएकोहो।
ओपनर ब्याटर सम्झना खड्का ६ बलमा २ चौका प्रहार गरी १० रनमा क्याच भइन्। अर्की उपनार बिन्दु रावल भने डकआउट भएकी हुन्।
वान डाउन आएकी पूजा महतो ६ रन बनाएर खेलिरहेकी छन्।
सोनीको विकेट गएपछि हाल क्रिजमा कप्तान इन्दु बर्मा आएकी छिन्। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस !