सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका - १२ बुद्ध चोकमा मंगलबार बिहान मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 
जनप्रेमी आधारभूत विद्यालयबाट बुद्ध चोकतर्फ जाँदै गरेको स.९.प.८२५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स्थानीय बलदेव चौधरीको इट्टाको पर्खालमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक २४ वर्षीय हेमन्त सदाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन चापागाईले जानकारी दिए । 

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलको पछाडि सवार स्थानीय १८ वर्षीय राकेश सदालाई थप उपचारका लागि बिराटनगर पठाइएको उनले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.