युवक हत्या प्रकरण : थप एक भारतीय युवक पक्राउ

युवक हत्या प्रकरण : थप एक भारतीय युवक पक्राउ
सुन्नुहोस्

सिमरा : अढाई वर्ष अघि बाराको पचरौतामा भएको भारतीय युवक हत्या प्रकरणमा संलग्न एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारत मोतिहारी थाना दरपा ग्राम पञ्चायत तीनकोनीका ३० वर्षीय रञ्जित मुखियालाई प्रहरीले पचरौता नगरपालिका- ६ पकडियास्थित लक्ष्मिनिया पोखरी नजिकबाट पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता मिनबहादुर घलेले जानकारी दिएका छन् । 

२०८० असोज ९ गते भारत मोतिहारी थाना दरपा ग्राम पन्चायत तीनकोनी १ सुक्लहियाका २२ वर्षीय अजितकुमार सिंहलाई गोली प्रहार हत्या गरिएको घटनामा मुखियाले व्यवस्थापनको भूमिका खेलेको प्रहरीको भनाई छ । उक्त घटनालगत्तै फरार भएका मुखियालाई प्रहरीले खोजी गरिरहेको थियो ।

प्रहरीले घटनाका मुख्य योजनाकार सुजितकुमार सिंह, अजितकी पत्नी सोनम सहनी सिंह, भारत मोतिहारीका रुपेशकुमार महतोलाई यसअघि नै पक्राउ गरिसकेको छ ।

सुजित र सोनमको योजनामा अजितको हत्या भएको प्रहरी अनुसन्धानमा देखिएको थियो । सिम्रौनगढमा डेरा गरी बस्दै आएकी श्रीमती सोनमलाई भेटन अजित मोतिहारीबाट सुजितलाई लिएर मोटरसाइकलमा नेपाल आउँदै थिए । सोही समयमा पचरौता ६ लक्ष्मिनिया आएपछि सुजितले अजितलाई गोली हानेर हत्या गरेको र भारतर्फ फरार भएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

प्रहरीका अनुसार सुजित र सोनमबीच प्रेम सम्बन्ध रहेको र उनीहरुले अजितको हत्या गर्ने योजना बनाएका थिए । प्रहरीले सोनमलाई घटनाको केही दिनमै पक्राउ गरेको थियो भने सुजितलाई २०८० पुष १० गते, रुपेशलाई २०८० माघ ८ गते पक्राउ गरेको थियो । घटनामा संलग्न अन्य तीन जना अझै फरार रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.