रौतहटका बजारमा विषादीयुक्त आँप छ्यापछ्याप्ती,छैन अनुगमन

रौतहटका बजारमा विषादीयुक्त आँप छ्यापछ्याप्ती,छैन अनुगमन
तस्बिर : अन्नपूर्ण

रौतहट : विषादीको रुपमा  हरेकको भान्छामा हरियो तरकारी पुगिरहेको अवस्थामा अब फलफूलले समेत प्रवेश पाएको छ । पाक्ने समय अगावै  फलहरूको राजा मानिने आँपले समेत प्रवेश पाएको छ । रौतहटका मुख्य बजारहरूमा मानव स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिएको  रासायनिक पदार्थ कार्बाइड  प्रयोग गरेर सिजन अघावै  पकाइएका आँप खुलेआम बिक्री वितरण हुँदा समेत नियामनकारी निकाय मौन बसेको छ ।

खुल्ला सिमाको फाइदा उठाउँदै व्यापारीहरूले बढी नाफा कमाउन र समय अगावै आँप पकाउनका लागि यस्ता रासायनिक विषादीहरूको प्रयोग गरिरहेका छन्। जिल्लाका चन्द्रनिगाहपुर,गौर,गरुडा,कटहरिया र शिवनगरमा संचालित  घुम्ती पसलहरूले निर्वादरुपमा विषादीयुक्त आँप बेचिरहेका छ्न् । चन्द्रनिगाहपुरका स्थानीय बिमल उप्रेतीका अनुसार उपभोक्ता विषादीयुक्त आँप खान बाध्य छ्न् । 

null

भारतीबाट आउने यस्ता बेसिजनी आँप नियन्त्रण बाहिर हुने गरेको स्थानीय सन्तोश पौडेल बताउँछन्।  नेपालमा  स्थानीय आँप पाक्ने  समय असार महिना मात्र हो। तर, जिल्लाका सबै मुख्य चोक र हाटबजारमा जेठ महिनामै पाकेका पहेँला आँप पाइनुको मुख्य कारण सीमावर्ती भारतीय बजारबाट सस्तोमा ल्याई कार्बाइड हालेर जबरजस्ती पकाएर बेचिनु रहेको पौडेल बताउँछ्न् ।

प्रशासन कार्यालय,नगरपालिका र उपभोक्ता हित संरक्षण मञ्चले बजारमा आकस्मिक अनुगमन तीव्र नबनाउँदा व्यापारीहरूले बढी नाफा कमाउन जनस्वास्थ्यमाथि खेलबाड हुँदा समेत कसैले आफ्नो काम,कर्तव्य पूरा नगरेको आरोप नागरिक समाजको छ । 

चन्द्रपुर अस्पतालका प्रमुख,डाक्टर सुभाष चौधरीले विषादीयुक्त वा कार्बाइड हालेर पकाइएको आँप खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्न जाने बताउँछन्। तत्काल र दीर्घकालीन रूपमा यस्ता विषादीयुक्त फलफूल खादा  स्वास्थ्यमा गम्भीर समस्याहरू देखिन सक्छन्। सकभर विषादी हालेर पकाइएको फलफूल खादै नखाएमा स्वास्थ्यका लागि राम्रो हो,झयसले कलेजोदेखि किड्नीमा असर गर्छ,'डा.सुभाष भन्छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.