अदालत हाजिर भए वीरगन्जका मेयर, मुद्दाको सुनुवाइ भने आज नहुने

अदालत हाजिर भए वीरगन्जका मेयर, मुद्दाको सुनुवाइ भने आज नहुने
तस्बिर : अन्नपूर्ण

वीरगन्ज : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पर्सा जिल्ला अदालतमा उपस्थित भएका छन् ।  नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि मंगलबार पर्सा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि मेयर सिंह बुधबार बिहान ९ बजे कार्यालय समयमा अदालतमा उपस्थित भएका हुन् ।

आफूविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको जानकारी सञ्चारमाध्यममार्फत पाएपछि न्यायिक प्रक्रियामा सहयोग पुर्‍याउन स्वेच्छाले आफू अदालतमा उपस्थित भएको मेयर सिंहले बताए ।
यद्यपि, पर्सा जिल्ला अदालतमा मुद्दाको चाप धेरै रहेका कारण बुधबार उनीविरुद्धको मुद्दामा सुनुवाइ हुन नसक्ने अवस्था रहेको अदालत प्रशासनबाट जानकारी पाएपछि मेयर सिंह अदालतबाट फर्किएको उनका स्वकीय सचिव सत्यराज घिमिरेले बताए ।

आफू अदालतको समन्वयमै रहेको भन्दै मेयर सिंहले अब सार्वजनिक बिदा  सकिएपछि फेरि अदालतमा उपस्थित हुने जानकारी अदालत प्रशासनलाई गराएर फर्किएको बताए । 
पर्सा जिल्ला अदालतले मंगलबार नागरिकता लिखत सम्बन्धी मुद्दामा मेयर सिंह,उनकी कान्छी श्रीमती रिता भट्टराई र वीरगन्ज महानगरपालिकाका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

मेयर सिंहले रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नो छोरी बनाएर फर्जी जन्मदर्ताको आधारमा  नागरिकता बनाएर लिखित सम्बन्धी कसूर गरेको आरोपमा दायर मुद्दामा पर्सा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको हो । तर मेयर सिंहले भट्टराई आफ्नो दोस्रो श्रीमती भएको दाबी गर्दै आएका छन् । 

सरकारी वकिलको कार्यालयका अनुसार वीरगन्ज–३ का लियाकत अलीले २०८० साल माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरुद्ध सरकारी कागजात किर्ते र नागरिकता किर्ते विषयमा उजुरी दिएका थिए ।

 सोही उजरीका आधारमा मेयर सिंहविरूद्ध चारवटा मुद्दा परेकोमा पर्सा जिल्ला अदालतले लिखतसम्बन्धी कसुरमा पक्राउ पूर्जी जारी गरेको अदालतका स्रेस्तेदार प्रभाकर मल्लिकले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.