जरायोको मासुसहित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुई जना पक्राउ

जरायोको मासुसहित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुई जना पक्राउ
सुन्नुहोस्

सिमराः पर्सा राष्ट्रिय निकुञ्जको विस्तारित कोर एरियाबाट जरायोको मासुसहित दुई जना पक्राउ परेका छन्। निकुञ्ज सुरक्षार्थ श्री सबुज गणबाट खटिएको नेपाली सेनाको टोलीले जेठ ८ गते नै उनीहरूलाई पक्राउ गरेको हो।
 
केही दिनअघि नै घटना भए पनि निकुञ्ज प्रशासनले पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छैन। पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जरायोको मासुसहित दुई जना पक्राउ परेको पुष्टि गरे। घटनामा अन्य व्यक्तिको समेत संलग्नता देखिएकाले अनुसन्धान प्रभावित हुन नदिन नाम गोप्य राखिएको भगतको भनाइ छ।

भगतका अनुसार पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि निकुञ्जको नियन्त्रणमा राखिएको छ। निकुञ्जले वन्यजन्तु चोरी सिकार तथा अवैध मासु ओसारपसारसँग सम्बन्धित मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.