भारत सरकारले दिएको मल तत्काल ल्याउन माग
परासी : धान लगाउने समयमा किसानलाई मल उपलब्ध गराउन चासो नदिइएको भन्दै भारत सरकारले उपलब्ध गराएको मल तत्काल ल्याएर वितरण गर्न नेपाल सरकारसँग माग गरिएको छ।
रासायनिक मलको सहज, पर्याप्त तथा समयमै उपलब्धताको व्यवस्था गर्ने माग गर्दै लुम्बिनी प्रदेश सांसद बैजनाथ जयसवालले नवलपरासीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा नेपाल सरकारले मल ल्याउन उदासीन देखाएको आरोप लगाएका छन्।
नेपाल सरकारले माग गरेको १ लाख ५० हजार टनमध्ये भारत सरकारले जीटीजीमार्फत तत्कालका लागि ८० हजार टन युरिया र डीएपी मल उपलब्ध गराए पनि सरकारले उदासीन देखाउँदा किसानहरू मारमा परेको जनाउँदै उक्त मल तत्काल ल्याउन माग गरेका हुन्।
त्यसैगरी, लुम्बिनी प्रदेश सरकारले नवलपरासी जिल्लालाई आवश्यकता र खेतीयोग्य क्षेत्रफलको अनुपातमा पर्याप्त मल कोटा उपलब्ध गराउन र नवलपरासी जिल्लाको कृषि सामग्री कम्पनीमा स्टकमा रहेको ७ सय टन रासायनिक मलसमेत वितरण नगरिएकाले तत्काल वितरण गर्न सभासद् जयसवालले गर्न माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस !