भन्सारमा छलछामको आशंकामा ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा, अधिकांश बीवाइडी

भन्सारमा छलछामको आशंकामा ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा, अधिकांश बीवाइडी
मुस्ताङको कोरला नाकाबाट नियन्त्रणमा लिइएका गाडी । तस्बिर : सशस्त्र प्रहरी
सुन्नुहोस्

काठमाडौं : सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका ७७४ वटा सवारी साधन नियन्त्रणमा लिएको छ। भन्सार छलीको आशंकामा सशस्त्रले मुस्ताङको कोरला नाकाबाट भित्रिएका गाडीहरू नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका अधिकांश गाडीहरू बीवाईडी रहेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णु प्रसाद भट्टले  ती गाडीको कागजात शंकास्पद देखिएपछि नियन्त्रणमा लिएको बताए। उनले अन्नपूर्णसँग भने,'भन्सार पार गरिसकेका गाडीको कागजातमा केही कैफियत छ भन्ने गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिएको हो। सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा छौं।'

कोरला नाकाबाट छुटेका गाडीहरू पोखरासम्म बाटो पर्ने स्थानहरूबाट सशस्त्रले नियन्त्रणमा लिएको हो। सशस्त्रले नियन्त्रणमा लिएका गाडीहरू अहिले कोरलाको याड,जोमसोम,पर्वतको कुश्मा र पोखराको ह्याम्जामा राखिएका छन्।

कोरलाबाट छुटेपछि ती गाडीहरू पोखरा आउँदै गरेको अवस्थामा सशस्त्रले बाटोबाटै नियन्त्रणमा लिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.