रोल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु
काठमाडौं : रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। माडी गाउँपालिका–२ घर्तिगाउँस्थित सहिद मार्गअन्तर्गत कालापहर क्षेत्रमा आज बिहान अस्थायी नम्बर प्लेट MH14TCJ 471 भएको बोलेरो सडकबाट खसेर दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलमा हाल नाम, थर र वतन नखुलेका २ पुरुष र १ महिलाको शव फेला परेको छ ।
जस्तापाता र प्लास्टिकका पाइप बोकेको उक्त गाडी दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा थप अनुसन्धान कार्य गरिरहेको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ।
प्रतिक्रिया दिनुहोस !