बागमतीमा नुहाउने क्रममा युवक बेपत्ता

बागमतीमा नुहाउने क्रममा युवक बेपत्ता
सांकेतिक तस्बिर
सुन्नुहोस्

रौतहट : रौतहटको चन्द्रपुर–१ स्थित बागमती नदीमा शनिबार नुहाउने क्रममा दुई युवक डुबेर बेपत्ता भएका छन् । उनीहरु पाँच जनाको समूहमा नदीमा नुहाउन गएका थिए । नदीको गहिरो भागमा पुगेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार बेपत्ता हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–५ निवासी गणेश महतो र सोही पालिकाका रोहित महतो रहेका छन् । दुवैको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती युवकहरू महेन्द्र राजमार्गभन्दा करिब तीन किलोमिटर उत्तरतर्फ पर्ने मकवानपुर र सिन्धुलीको सीमा क्षेत्रबाट बग्ने बागमती नदीमा नुहाउन गएका थिए । सोही क्रममा उनीहरू नदीमा डुबेका हुन् ।

घटना लगत्तै स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा खोजी कार्य सुरु गरिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रूपा लावुङका अनुसार रौतहट र सर्लाहीका प्रहरी टोली संयुक्त रूपमा बेपत्ता युवकहरूको खोजीमा जुटेका छन् । एक जनाको शव बरामद भएको प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.