बोक्सीको आरोप लगाएर महिलाले नै महिलामाथि गरे कुटपिट

बोक्सीको आरोप लगाएर महिलाले नै महिलामाथि गरे कुटपिट
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा एक बृद्धा महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गर्ने तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ चोर्नी गाउँकी ३८ वर्षीया पिंकी देवी, ४४ वर्षीया पानमती देवी र ५४ वर्षीया शान्तिदेवी धानुक रहेका छन् । 

प्रहरीका अनुसार, गत फागुन २७ गतेका दिन चोर्नीकै ७२ वर्षीया कोशिलिया अहिरिन आफ्नो गहुँ बारीमा गएका बेला उनलाई गाँउकै मुनती देवीसहित चार जना महिलाहरुले एउटा काम छ भन्दै झुक्याएर आफ्नो घरको आँगनमा बोलाएका थिए । त्यसपछि मुनती देवीले बोक्सीको आरोप लगाउँदै मलाई भूतप्रत लगाएर किन बिरामी पारेको ? भन्दै अहिरिनलाई चप्पलले हानेर कुटपिट गरेकी हुन् । 

उक्त घटनापछि पीडित अहिरिनले आँफुमाथि भएको अमानवीय व्यवहार र कुटपिटको घटनामा संलग्न मुनतीदेवीसहित चार जना महिलाहरुविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । उक्त उजुरीकै आधारमा प्रहरीले मंगलबार वीरगन्जको घण्टाघर क्षेत्रबाट पिंकी, पानमती र शान्तिलाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । 

घटनामा संलग्न मुनती देवी भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ गरिएका तीन जना महिलाविरुद्ध बोक्सीको आरोप  ( कसूर र सजाय ) ऐन,२०७२ अनुसार पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.