दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता

दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जबाट सोमबार बेलुकी पक्राउ गरिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ । मंगलबार वीरगन्जमा कार्यक्रममा सहभागी हुनका लागि आएका बेला प्रसाईं सोमबार बेलुकी सिद्धार्थ दियालो होटलबाट प्रहरीले पक्राउ गरेको थियो ।

सोमबार बेलुकी प्रसाईंलाई पक्राउ गर्दै गर्दा सञ्चारकर्मीले पक्राउ गर्नुको कारण वा कसुरबारे प्रश्न गर्दा प्रहरीले केहि पनि बताएको थिएन ।
तर मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी हिरासतमा रहेका प्रसाईंविरुद्ध मंगलबार विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको जानकारी गराएको छ । 

यसअघि मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय  पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले विभिन्न फरक जातजाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पुर्‍याउने तथा सरकारप्रति घृणा र द्वेष फैलाउने खालका अमर्यादित अभिव्यक्ति दिएको कसुरमा सोमबार प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका थिए । 

सोमबार बेलुकी ८ बजेतिर वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक विक्रम सुबेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले होटलबाट प्रसाईंलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनलाई नियन्त्रणमा लिने क्रममा प्रसाईंका समर्थकहरुले विरोध जनाउँदै प्रतिवाद गर्दा केहिबेर तनाव समेत भएको थियो । होटलबाट प्रहरीले नियन्त्रणमा लिएर प्रसाईंलाई सिधै जिल्ला प्रहरी कार्यालय पर्सामा लगेको थियो । 

राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईंको रिहाईको माग गर्दै उनका समर्थकहरुले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो । सोमबार काठमाडौंबाट सिमरा विमानस्थल हुँदै वीरगन्ज पुगेका थिए । वीरगन्जको सिद्धार्थ दियालो होटलमा सोमबार साँझ पुगेका उनले प्रहरीले पक्राउ गर्नुअघि पत्रकार सम्मेलन पनि गरेका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.