आइजीपी कार्कीको चेतावनी : तस्करीमा संलग्नलाई छुट दिने प्रवृति स्वीकार्य हुँदैन

आइजीपी कार्कीको चेतावनी : तस्करीमा संलग्नलाई छुट दिने प्रवृति स्वीकार्य हुँदैन
सुन्नुहोस्

सिमरा : नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले तस्करी नियन्त्रण र लागूऔषधविरुद्ध कडा रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन् । बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै महानिरीक्षक कार्कीले घरायसी प्रयोजनका लागि ल्याइने सानो परिमाणको सामान समातेर ठूलो तस्करीमा संलग्नलाई छुट दिने प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिएका हुन् ।

‘घरमा प्रयोगका लागि ल्याइने एक किलो काउली समात्ने प्रहरीले काउलीका काउली छोड्ला । त्यस्तो गर्ने प्रहरीको टिकट काटिन्छ, कारवाही हुन्छ’ कार्कीले भने ‘त्यसैले कारवाहीको भागेदार हुने काम नगर्नु । तस्करी नियन्त्रणमा जिम्मेवार भएर काम गर्नु ।’

कार्कीले तस्करी नियन्त्रणका लागि प्रहरी मात्र नभई समुदाय पनि जागरुक हुनुपर्ने बताए । उनले लागूऔषध समाजको मुख्य समस्याका रहेको बताएका छन् । लागूऔषध कारोबारमा संलग्न केही व्यक्तिका कारण सिंगो समाज पीडित हुन नहुने उल्लेख गर्दै कार्कीले ओसारपसार र बिक्रीमा संलग्नविरुद्ध निर्मम रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन् ।  

‘लागूऔषधले धेरैको घरपरिवार बिचल्ली पारेको छ । ऊर्जाशील युवाहरू यसैको कुलतमा फसिरहेका छन्’ कार्कीले भने, ‘यसलाई नियन्त्रण गर्नुको विकल्प छैन । यसविरुद्ध निर्मम भएर लाग्न जरुरी छ ।’ महानिरीक्षक कार्कीले प्रहरी कार्यालयमा सेवाका लागि आउने नागरिकलाई दुःख दिने भन्दा पनि छिटोछरितो सेवा प्रवाहमा ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

न्याय प्रक्रियामा बिचौलिया र अनावश्यक व्यक्तिको हस्तक्षेप हुन नदिन निर्देशन दिँदै कार्कीले पीडितलाई न्याय दिन प्रहरी कर्मचारी आफै जिम्मेवार भएर लाग्न आग्रह गरे । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकतामा राखेर नेपाल प्रहरीले काम गरिरहेको उल्लेख गर्दै कार्कीले नयाँ सेवा केन्द्र संचालनपछि सेवाग्राहीले सहज, सुरक्षित र प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गरे ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.