धादिङमा यात्रुबाहक बस दुर्घटना : ११ जना घाइते

धादिङमा यात्रुबाहक बस दुर्घटना : ११ जना घाइते
सुन्नुहोस्

धादिङ  : काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको बा ३ ख ५०४३ नम्बरको यात्रुबाहक बस धादिङमा दुर्घटनामा परेको छ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दी खोला पुल नजिक बस अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ । बसमा २९ जना सवार रहेकोमा दुर्घटनामा ११ जना घाइते भएका छन् ।

घाइतेमध्ये ९ जनालाई उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको छ भने अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको बताइएको छ । प्रहरीका अनुसार स्टेरिङ नियन्त्रण बाहिर जाँदा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनापछि केही समय राजमार्गमा सवारी आवागमन प्रभावित भएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.