माइक्रो बस र ईभी ठोक्किँदा रुपन्देहीमा दुईजनाको मृत्यु,२७ घाइते

माइक्रो बस र ईभी ठोक्किँदा रुपन्देहीमा दुईजनाको मृत्यु,२७ घाइते
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

रूपन्देही : भलुही गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी माइक्रो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। बुधबार बिहान करिब ९ बजेतिर बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवल आउँदै गरेको वागमती प्रदेश ०० ख ८९२८ नम्बरको ईभी माइक्रो ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मध्ये दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो। अन्य घाइतेहरूको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.