धादिङमा आइचर गाडी दुर्घटना हुँदा ४ जना घाइते

धादिङमा आइचर गाडी दुर्घटना हुँदा ४ जना घाइते
सुन्नुहोस्

धादिङ : धादिङको नीलकण्ठ नगरपालिका–१४ रङगाउँस्थित भित्री सडक खण्डमा आइचर गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।

ओलीडाँडाबाट देविथान सामुदायिक जंगलतर्फ साल काठ लिन जाँदै गरेको आइचर गाडी अनियन्त्रित भई करिब २ सय मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ। गाडीमा सवार ९ जनामध्ये ४ जना घाइते हुँदा अन्य ५ जना सकुशल रहेका छन्।

घटनापछि हरिचोक धुवाकोटबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो। प्रारम्भिक उपचारपछि सबै घाइतेलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर रिफर गरिएको छ।

घाइते हुनेहरूमा नीलकण्ठ-१ बस्ने २४ वर्षीय चालक सुमन अधिकारी सोही ठाउँका १५ वर्षीय ईसान विक, गंगाजमुना गाउँपालिका-३ का २१ वर्षीय अशोक तामाङ र मकवानपुर राक्सिराङ-७ का ३२ वर्षीय नवीन जरा रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.