दाङमा अतिक्रमित क्षेत्र हटाइँदै

सार्वजनिक र सरकारी जग्गाबाट अवैध कब्जा हटाउने सर्वपक्षीय निर्णय

दाङमा अतिक्रमित क्षेत्र हटाइँदै
सुन्नुहोस्

दाङ : दाङका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना र अबैध रुपमा गरिरहेको भोगचलन हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सरोकारवालाहरुको सहभागितामा अतिक्रमित क्षेत्र फिर्ता लिन लागिएको हो ।  जिल्लामा रहेका सरकारी, सार्वजनिक, ऐलानी र पर्ति जग्गाहरूको संरक्षण गर्न तथा त्यस्ता जग्गामा गरिएको अवैध कब्जा हटाउन जिल्ला प्रशासनले विशेष अभियान थालेको बताएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय र विभिन्न ऐनहरूले तोकेको जिम्मेवारी अनुसार सरकारी निकायका जग्गाहरू खाली गराउने निर्णय गरिएको दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए । प्रशासनको अगुवाइमा मंगलवार बसेको सरोकारवालाहरुको बैठकले जिल्लामा सबै निकाय र क्षेत्रका अतिक्रमण हटाउने निर्णय गरेको हो ।

जिल्लामा विभिन्न निकायका सयौं विगाह जग्गा निरन्तर अबैध कब्जा तथा अतिक्रमणमा रहेको छ । पहिलो चरणमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोराही), जिल्ला प्रशासन कार्यालय, क्षेत्रीय प्रहरी आवासीय विद्यालय (लमही), इलाका प्रहरी कार्यालय तुलसीपुर, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र नेपाल संस्कृत विश्व विद्यालयलगायतका सरकारी निकायको जग्गामा बनाइएका घर, टहरा र अन्य अवैध कब्जा तत्काल हटाइने भएको छ । त्यसका लागि सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको छ ।

सरकारी जग्गामा भएको अनधिकृत अतिक्रमणले सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा अवरोध पुर्‍याइरहेको भन्दै प्रशासनले यो कार्यलाई तीव्रता दिएको बताएको छ । स्थानीय तह, प्रशासन, सुरक्षा निकाय, मालपोत र नापी कार्यालयले यस कार्यमा आवश्यक समन्वय र सहयोग गर्नेछन् । सार्वजनिक जग्गामा बसोबास गर्दै आएका वास्तविक भूमिहीन सुकुम्वासीहरूको हकमा भने लगत संकलन गरी वैकल्पिक व्यवस्थापनको पहल गरिने भएको छ । 

नयाँ अतिक्रमणमा कडाइ
सरकारी तथा सार्वजनिक जग्गामा हुने नयाँ अतिक्रमणलाई भने कडाइ गरिने भएको छ । यसका लागि कडाइका साथ रोक्न र अवैध कब्जा हटाउन स्थानीय तहहरूले लगत संकलन गर्ने, सूचना प्रकाशित गर्ने र सरोकारवाला निकायसँग समन्वय गरी विशेष अभियान सञ्चालन गर्ने भएको छ।

प्रशासनको सार्वजनिक अपिल
 जिल्ला प्रशासनले सम्पूर्ण सरकारी निकाय, संघ–संस्था र जिल्लावासीलाई यो अभियानमा पूर्ण सहयोग गर्न र सार्वजनिक सम्पत्तिको संरक्षणमा जुट्न आग्रह गरेको छ । सरकारले लिएको सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण नियन्त्रण गर्ने राष्ट्रिय नीति अनुरूप जिल्ला प्रशासनले यो कदम चालेको बताउँदै यो अभियानलाई सघाउन प्रशासनले आग्रह समेत गरेको हो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.