व्यवसायीको आन्दोलनले कर्णालीमा सार्वजनिक यातायात ठप्प

व्यवसायीको आन्दोलनले कर्णालीमा सार्वजनिक यातायात ठप्प

वीरेन्द्रनगर : कर्णालीमा व्यवसायीहरुको आन्दोलनले यातायात सेवा ठप्प भएको छ । प्रहरीले रातो नम्बर प्लेटका जीपहरुलाई यात्रु बोक्न रोक लगाउन नसक्दा समितिका मजदुरहरुले यात्रु बोकेका रातो नम्बर प्लटका गाडी रोक्न खोज्दा प्रहरीले सुर्खेत बसपार्कबाट ५ जना मजदुरहरुलाई पक्राउ गरी मुद्दा चलाएको बिरोधमा कर्णालीमा सञ्चालन भएको सबै यातायात व्यवसायीहरुले सेवा ठप्प पारेका हुन् ।

प्रहरीको ‘पक्षपातपूर्ण’ कारबाहीको विरोधमा सुर्खेतका यातायात व्यवसायीहरूले शुक्रबारदेखि सबै सार्वजनिक यातायात सेवा बन्द गर्ने निर्णय गरेको देउति नागरिक यातायात समितिका अध्यक्ष कमल खड्का (जुनी) ले बताए । उनका अनुसार जिल्लामा सञ्चालनमा रहेका १३ वटा यातायात प्रालिहरूले संयुक्त रूपमा बिहीबार बैठक बसेर यस्तो निर्णय गरेपछि शुक्रबारदेखि कर्णालीमा सार्वजानिक यातायात सेवा ठप्प छ ।

प्रहरीले सार्वजनिक सवारीका चालक तथा मजदुरमाथि अनावश्यक धरपकड गरेको आरोप छ । उनले भने, ‘प्रहरीले गर्ने काम सार्वजनिक यातायात समितिमा कार्यरत कर्मचारीले गर्दा प्रहरीले व्यवसायीहरुलाई दुःख दिने काम गरेको छ । यसले रातो नम्बर प्लेटका गाडीहरुसँग प्रहरीको कुनै लेनदेन भएको हुन सक्ने शंका छ ।’ 

यातायात व्यवसायीहरूले निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीसाधनहरूलाई नियन्त्रणमा लिनुपर्नेमा त्यसतर्फ कुनै कडाइ नगरी उल्टै सार्वजनिक सवारीमाथि मात्र दबाब सिर्जना गरिएको बताएका छन् । उनीहरूको भनाइमा रातो प्लेटका सवारीहरू खुला रूपमा सञ्चालन भइरहँदा सार्वजनिक सवारीलाई मात्र लक्षित गरेर कारबाही गर्नु अन्यायपूर्ण र विभेदपूर्ण व्यवहार हो ।

मध्यपश्चिम यातायात व्यवसायी समितिका सचिव रमेश सापकोटाले प्रहरीद्धारा भएको बिभेदपूर्ण कारबाही बन्द नभए सार्वजनिक यातायात पूर्णरुपमा ठप्प पार्ने बताए । उनले समान रूपमा नियम कार्यान्वयन नभएसम्म आन्दोलनका कार्यक्रमहरूलाई निरन्तरता दिने चेतावनी समेत दिए ।

व्यवसायीको आन्दोलनका कारण शुक्रबारदेखि सुर्खेतबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सम्पूर्ण सवारी सेवा प्रभावित भएका छन् । दैनिक रूपमा आवतजावत गर्ने सर्वसाधारण, विद्यार्थी, कर्मचारी तथा व्यापारीहरूलाई सास्ती भएको छ ।  आकस्मिक सेवा बाहेकका अधिकांश सवारी साधन सञ्चालनमा नआउँदा स्वास्थ्य सेवा, बजार आपूर्ति र अन्य अत्यावश्यक क्षेत्रमा समेत प्रभाव पर्ने अनुमान गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राम शाहले यात्रु तानातान गरेको कारण सुर्खेतमा प्रहरीले ५ जना यातायात व्यवसायीका कर्मचारीहरु पक्राउ गरेको बताए । उनका अनुसार सुर्खेत बसपार्कमा हुने यात्रु तानातान रोक्न र सबैको सहजताका लागि व्यवसायी र प्रहरीबीच समन्वय भईरहेको बताए । 
सार्वजानिक यातायत समितिहरुले यातायात सेवा ठप्प पार्दा सुनसान सुर्खेत जुम्ला सडक । तस्बिर : बिस्नप्रसाद न्यौपाने  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.