कुवेतबाट एकैपटक ९ नेपालीको शव ल्याइयो
भैरहवा : मध्यपूर्वमा द्वन्द्वका कारण कुवेतमा रोकिएका नेपाली नागरिकहरुलाई स्वदेश ल्याइएको छ। बुधबार कुवेत एयरवेजको चार्टर्ड उडानबाट ३ सय १८ जना नेपाली यात्रुहरुलाई स्वदेश ल्याइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए।
मध्यपूर्वमा द्वन्द्वका कारण नेपाल-कुवेतबीचको नियमित उडान प्रभावित हुँदा कुवेतस्थित नेपाली राजदूतावासको समन्वयमा यात्रुसहितको विमान साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो।
९ जनाको शव पनि आयो
उनका अनुसार, दाङ, उदयपुर, सल्यान, सिन्धुली, सिरहा, लमजुङ, सिन्धुपाल्चोक, सुर्खेत र खोटाङका व्यक्तिहरुको शव रहेको छ। उक्त शवहरू सम्बन्धित परिवारको जिम्मा लगाइने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !