भैरहवा विमानस्थलमा ‘बीएचएस’ जडान

भैरहवा विमानस्थलमा ‘बीएचएस’ जडान
सुन्नुहोस्

भैरहवा : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ब्यागेज ह्यान्डलिङ सिस्टम’ (बीएचएस) जडान गरिएको छ । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक देवचन्द्र लाल कर्णले एक कार्यक्रमबीच जडान गरिएको उक्त प्रणालीको उद्घाटन गरेका हुन्।  
 

यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै सहज रुपमा आफ्नो सामान प्राप्त गर्नका लागि विमानस्थलको आन्तरिक आगमनमा उक्त प्रणाली जडान गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । 

विगतमा सामान हराउने, छुट्ने जस्ता समस्या हट्ने हुने विश्वास लिइएको छ । धनगढी, नेपालगन्ज, जनकपुर, पोखरा, काठमाडौं, विराटनगरपश्चात भैरहवा विमानस्थलको आन्तरिक आगमनतर्फ पनि यो प्रणाली बुधवार जडान गरिएको विमानस्थल कार्यालयले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.