‘चेला’ले हराउँदा ‘गुरु’को जमानत जफत

‘चेला’ले हराउँदा ‘गुरु’को जमानत जफत
सुन्नुहोस्

भैरहवा : प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कन्हैया बनिया निर्वाचित हुँदा राजनीतिका चतुर खेलाडी मानिने सर्वेन्द्रनाथ शुक्लाको जमानत समेत जफत भएको छ।

शुक्ला जसपा नेपालबाट उम्मेदवार थिए। क्षेत्रमा दशकौंदेखि राम्रो पकड रहेकाले पटक-पटक चुनाव जितेर मन्त्री समेत भइसकेका शुक्लालाई यस पटकको निर्वाचनमा मतदाताले चौथो स्थानमा झारेका छन्।

यसअघि ०७९ को निर्वाचनमा रुपन्देही–४ बाट प्रतिनिधिसभा सदस्यमा शुक्ला र प्रदेशसभा सदस्यमा बनिया एउटै पार्टी लोसपाबाट चुनावमा होमिएर निर्वाचित भएका थिए। त्यति बेला क्षेत्रमा शुक्ला र बनियाबीच राजनीतिक ‘गुरु’, ‘चेला’ को भाष्यसहितको सम्बन्ध स्थापित भएको थियो।

लुम्बिनी प्रदेशमा शुक्लाले आफ्नै क्षेत्रबाट निर्वाचित बनियालाई छाडेर रुपन्देही–३ (क) बाट निर्वाचित सन्तोषकुमार पाण्डेयलाई बोक्दै दुई पटक मन्त्री बनाउन भूमिका खेलेपछि मर्चवार (रुपन्देही–४) का स्थानीयहरू रुष्ट भएका थिए। जसपश्चात बनिया र शुक्लाको सम्बन्ध चिसिएको थियो।

पार्टी र लुम्बिनी प्रदेशसभा सदस्यको पदबाट राजीनामा दिएर रास्वपाबाट चुनावी मैदानमा होमिएका बनियाले २८ हजार ६६ मतका साथ निर्वाचित हुँदा ‘राजनीतिक गुरु’ मानिएका शुक्ला ३ हजार ४१० मतमा सीमित भएका छन्। शुक्लाको राजनीतिक यात्रामा जमानत नै जफत हुने गरी सम्भवतः यो नै लज्जासपद हार हो।

त्यस्तै निकटतम प्रतिद्वन्द्वी पूर्वसांसद् रहेका नेकपा एमालेका उम्मेदवार प्रमोदकुमार यादवले २० हजार २६२ मत प्राप्त गर्दा क्षेत्रमा राम्रो छवि रहेका नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्र अन्तर्घातका कारण १५ हजार ६ सय १३ मतका साथ तेस्रो स्थानमा खुम्चिन पुगेका छन्।

रुपन्देही–४ का निर्वाचन अधिकृत टोपबहादुर विष्टका अनुसार क्षेत्रमा १ लाख १६ हजार १७२ मतदाता रहेकोमा ७७ हजार ५८ मत खसेको थियो। जसमध्ये ७२ हजार ३८ मत सदर भएको छ। क्षेत्रमा २२ जनाले उम्मेदवारी दिएकोमा शुक्लासँगै १९ जनाको जमानत जफत भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.