भोकचलन गरेको वर्षौंपछि जग्गाधानी पु्र्जा पाएपछि सुकुमबासी दंग

भोकचलन गरेको वर्षौंपछि जग्गाधानी पु्र्जा पाएपछि सुकुमबासी दंग
तस्बिर : अन्नपूर्ण

उदयपुर :५९ वर्षदेखि आफूले भोगचलन गर्दै आएको जग्गा बल्ल प्रमाणकोरुपमा भोकाधिकार दर्ता प्रमाण पुर्जा पाउँदा दंग छिन् चौदण्डीगढी नगरपालिका- ६ की ८३ वर्षीय सुर्यमाया बस्नेत । यधपि त्यसलाई थप वैधानिक बनाउन अझै एउटा तहको कानुनी प्रक्रिया बाँकी छ । आफ्नो उर्वर समय १९ कठ्ठा ऐलानी जग्गाको खनजोतबाट दुई छाकको गर्जो टार्दै आएकी सूर्यमायाको उमेर भने ढल्कदै गएको छ । 

उमेर ढल्किदै जाँदा घर बाहिर हिँडडुल गर्न बन्द गरेकी सुर्यमाया मंगलबार भने जग्गाको प्रमाण पाउने आशले छोरीलाई साथ लिएर पुर्जा वितरणस्थल चौदण्डीगढी -६ हलेश्वर मन्दिरमा पुगिन् । र,उनलाई सम्मान गर्दै मेयर कालुमान लामा, उपमेयर मणिकादेवी दुलाल र वडाध्यक्ष अमरबहादुर खड्काले भोकाधिकार दर्ता प्रमाणपुर्जा हातमा थमाइदिए । 

प्रमाणपत्र बुझ्दै  सामूहिक फोटो खिचाउनसमेत भ्याइन् । सुर्यमायाससँगै ८१ वर्षीय रत्नबहादुर खुलाल क्षेत्रीको मुहार पनि निकै खुशी देखिन्थ्यो । २०३६ सालमा रामेछापबाट बसाइसराइ गरी चौदण्डीगढी नगरपालिका- ६ मा १५ कठ्ठा ऐलानी जग्गा ओगटेर बसोबास गर्दै आएका रन्तबहादुरको मुहारमा मन्द मुस्कान ४६ वर्षपछि फर्किएको हो । 

त्यस्तै रामेछापबाट भारतको मोटाङ्ग हुँदै उदयपुरको चौदण्डीगढी- ६ मा ६ कठ्ठा जग्गा लिएर बसोबास गर्दै आएका ७० वर्षीय भिमबहादुर बस्नेत पनि निकै उत्साहित थिए । २०२३ सालमा बसाई सरेर आएका उनको जग्गाजमिनको नाममा त्यहीँ ऐलानी जग्गा रहेको वडाध्यक्ष अमरबहादुर खड्काले बताए । 

पुर्जा वितरण गरिरहँदा मजदुरी काम गरी बसोबास गर्दै आएका ७० वर्षीया भरतकुमारी परियार कहिले बोलाउँछन र पुर्जा लिन जाउँला भनी उत्साहित देखिन्थिन्। एघार कठ्ठा जग्गाको प्रमाणपुर्जा लिएपछि खुशी हुँदै भनिन्,‘श्रीमान र श्रीमतीले गिट्टी,बालुवा चालेर कमाएको सम्पती हो,नम्बर किन्ने हैसियत थिएन,यसैलाई अब नम्बरी सम्झिएको छु ।'

हेल्परको काम गर्दै आएकी ५५ वर्षीया मिना कटुवालको पीडा पनि उस्तै छ । ‘एक कठ्ठा जग्गामा सानो झुप्रो छ,सन्तान धेरै छन्, श्रीमान र म दिनभर ज्यालामजदुरी गरेर दुई छाक टार्दै आएका छौं,'उनले भनिन् । 

उनीहरूजस्तै ७६ परिवारको पीडालाई नगरपालिकाले मंगलबार थोरै भएपनि कानुनी प्रकृयालाई सहज बनाउन सहजिकरण गरेको मेयर कालुमान लामाले बताए । उनले भने,‘यो हामीले तपाईंलाई प्रमाणकोरुपमा दिएका हौं, भोलि कहीँ कतै कसैले उजुरी वा दावी गरे यसैलाई प्रमाणकोरुपमा लिन सहज हुन्छ। बाँकी कानुनी प्रकृया पुरा गर्दै जानेछौं ,'उनले भने,‘यतिका वर्षदेखि जोतखन गरेर बसेका छन्,तर त्यो जग्गा नै उनीहरूको हो होइन भन्ने सरोकारवाला निकायबाट कुनै प्रमाण दिन सकिएको रहेनछ । त्यसैले म निर्वाचित भएसँगै यसैलाई प्रमुखकार्यभारको रुपमा लिएर नापँजाँच लगायतका प्राविधिक काम सम्पन्न गरी यतिको काम सम्पन्न भयो ।'

‘सबैको जग्गा नापजाँच गरी साधसिमा, सधियार, फिल्डवुक, श्रेष्ता उतार गरिसकेकाले यो प्रमाणपत्र दिएका हौं,'मेयर लामाले भने,‘अब सरकारले गठन गरेको राष्ट्रिय भूमि आयोगको जिल्ला स्तरीय समितिबाट पुर्जा हस्तान्तरण गर्न मात्र बाँकी छ,त्यो पनि प्रकृया सुरु गरेका छौं।'
 
‘तीन वर्ष लगाएर नगर क्षेत्रका दश हजार व्यक्तिका निवेदन सम्बोधन गरेका छौं,उनले भने,‘पहिलो चरणमा विभिन्न वडामा गरी तीन हजार ७०९ वटा प्रमाण पुर्जा वितरण गर्छौं,बाँकी गर्दै जान्छौं ,'मेयर लामाले भने,‘अव्यवस्थितलाई व्यवस्थित गर्न नगरपालिकाको रेल कुदी सक्यो,यसको कहीँ कतै नझुकिनुहोस्,जनताको काम गर्दा कसैकसैले राजनीतिक रङ्ग दिएका छन्,त्यो काम र व्यवहारले खण्डन गर्ने नै छ,ढुक्क हुनुहोस् तपाईंहरू अब यहाँको जग्गावाला स्थायी बासिन्दा हो,कहीँ कसैको प्रलोभनमा नपर्नुहोला।'

नगरस्तरीय भूमि व्यवस्थापन समितिमा आएका निवेदन अनुसार नापजाँच गरी नक्सा बनिसकेकाले अहिले फिल्डबुक,स्रेस्ता कायम,भोकाधिकार दर्ता प्रमाणपत्र बनाउने काम भइरहेको भुमिशाखा प्रमुख यज्ञराज श्रेष्ठले बताए । 

उपमेयर मणिकादेवी दुलालले भूमिहिन,दलित,सुकुमबासी र अव्यवस्थित बसोबास गर्दै आएकाहरूको जग्गाको आधार नै नभएको अवस्थामा प्रमाण दिएको बताइन् । ‘यति निस्सा दिएपछि उहाँहरूको दरो प्रमाण हुन्छ,'उनले भनिन्,‘वर्षौंदेखि बसोबास र जोतखन गर्दै आउनु भएको छ, तर प्रमाण केहि छैन्, त्यसैले हामीले सहजिकरण गरेका हौं।'

नगरपालिकाले संविधानले दिएको अधिकारलाई टेकेर आफैले कानुन बनाई समितिमार्फत अव्यवस्थित, भूमिहीन, सुकुमबासी,दलित परिवारलाई व्यवस्थित गरेको उनले बताइन् । नगरपालिकाले श्रीमान र श्रीमती दुबै भएकाको हकमा संयुक्त र एकजना मात्र भएकालाई एकल नामबाट पुर्जा बनाएको उपमेयर दुलालले जानकारी दिइन्।

नगरपालिकाले पहिलो चरणमा वडान २ का १९६, वडा न . ३ का ५३६, वडा नं ४ का ५३१, वडा नं ५ का १९६ वडा नं ७००, वडा नं ८ का ७२, वडा नं ९ का ४२४ र वडा नं १० का ९७८ जनाको लागि भोगाधिकार दर्ता प्रमाण–पुर्जा निरन्तर वितरण गर्ने तयारी गरेको छ ।
 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.