ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
सुन्नुहोस्

उदयपुर : उदयपुर ट्याक्टरको ठक्करबाट सोमबार एक जनाको मृत्यु भएको छ। सदरमुकाम गाईघाट नजिक त्रियुगा नगरपालिका-२ मोथिहाईको कच्ची सडकमा मप्र ०१-००१ त २५६४  नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री स्थानीय ७९ वर्षीया तेत्रीदेवी चौधरीको ज्यान गएको हो।

घाइते चौधरीलाई जिल्ला अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी राजन चापागाईंले जानकारी दिए। घटना लगत्तै चालक सोही ठाउँका २४ वर्षीय धर्मेन्द्र राजधामी फरार रहेकोले खोजी कार्य जारी रहेको उनले बताए। 

चालक फरार भएपछि प्रहरीले सवारी धनी ४० वर्षीय रामनिवास राजधामीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.