जेनजी समूहको आन्दोलन

तोडफोड र आगजनीबाट वीरगन्ज महानगरपालिकामा १ अर्ब १५ करोड क्षतिको अनुमान

तोडफोड र आगजनीबाट वीरगन्ज महानगरपालिकामा १ अर्ब १५ करोड क्षतिको अनुमान
तस्बिर : क्रान्ति शाह
सुन्नुहोस्

वीरगन्ज : जेनजी आन्दोलनका क्रममा गत मंगलबार वीरगन्ज महानगरपालिका कार्यालयमा अराजक समूहले गरेको तोडफोड,आगजनी र लुटपाटबाट १ अर्ब १५ करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

मंगलबार महाानगरपालिका कार्यालयका सभाकक्षमा बसेको नगरपरिषदको बैठकमा प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले प्रस्तुत गरेको प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट महानगरपालिकाको मुख्य भवनसहित विभिन्न संरचना जलेर नष्ट भएको र प्रारम्भिक विवरणअनुसार हालसम्म करिब १ अर्ब १५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको उल्लेख छ।

महानगरका चार वटावडा कार्यालयहरू र केहि स्वास्थ्य संस्थामा पनि तोडफोड र आगजनी गरिएको र त्यसको क्षतिको विवरण अझै संकलन भइरहेको कर्णले बताए । महानगरपालिका कार्यालय भवन, वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा गरिएको तोडफोड,आगजनी र लुटपाटबाट भएका क्षतिको पूर्ण विवरण तयार भएपछि कुल क्षतिको यथार्थ तथ्यांक सार्वजनिक गरिने कर्णले बैठकमा जानकारी गराए ।

बैठकले जेनजीको आन्दोलन वास्तविक जेनजीका प्रदर्शनकारीद्वारा नभई बाह्य घुसपैठमार्फत तोडफोड र आगजनी गराइएको ठहरसमेत गरेको छ। प्रमुख प्रशासकीय अधिकृत कर्णका अनुसार, जेनजी युवाहरूको नाममा भएको आन्दोलनमा घुसपैठमार्फत आपराधिक गतिविधि भएको प्रमाण फेला परेको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालमा पत्राचार गर्ने निर्णय पनि नगरपरिषद बैठकले गरेको उनले जानकारी दिए।

यसैबीच नगरपरिषद बैठकले आर्थिक वर्ष २०८२/०८३ मा विनियोजन गरिएको बजेटलाई संशोधन गर्ने र त्यसलाई संरचना पुनर्निर्माणमा प्राथमिकता दिने निर्णय गरेको छ।त्यस सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गर्न केही दिनमै विशेष अधिवेशन बोलाउने तयारीपनि भइरहेको कर्णले जानकारीदिए। बैठकमा मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम, कार्यपालिका सदस्यहरू, वडाध्यक्षहरू तथा विभागीय प्रमुखहरूले आ–आफ्ना सुझाव राख्दै पुनर्निर्माणको कामलाई ढिलाइ नगरी तत्काल सुरु गर्नुपर्नेमा जोड दिएका थिए।

यस्तै मंगलबारको नगरपरिषदको बैठकले हालको असामान्य परिस्थितिमा वीरगन्ज महानगरपालिका कार्यालयको सेवालई फेरि सुचारु बनाउन र जनताको सेवामा अविच्छिन्न रूपमा लागिरहने प्रतिबद्धता प्रकट गरेको छ।

गत मंगलबार जेनजी आन्दोलनका नाममा भएको प्रदर्शनमा महानगरपालिका कार्यालय तथा भवन, वडा कार्यालय , नेपाल टेलिकम, आन्तरिक राजश्व कार्यालय , विभिन्न प्रहरी चौकी लगायतमा तोडफोड र आगजनी गरिदिाँ कार्यालयका कागजात,फर्निचर,कम्प्युटरलगायतका सामग्री जलेर खरानी भएका थिए।यस्तै का साथै मेयर सिंहको निजी निवास,पूर्वमन्त्री र पूर्वमुख्यमन्त्रीका घर ,राजनीतिक दलका पार्टीका कार्यालयहरुमा पनि आगजनी गरिएको थियो। 

तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूको पहिचान गर्न सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीका बयान संकलन गरिरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.