होर्मुजमा तेल ट्याङ्करमाथि मिसाइल प्रहार: १ जनाकाे मृत्यु, ८ घाइते

होर्मुजमा तेल ट्याङ्करमाथि मिसाइल प्रहार: १ जनाकाे मृत्यु, ८ घाइते
सुन्नुहोस्

काठमाडौं : होर्मुज स्ट्रेटको दक्षिणी हिस्सा र ओमानको समुद्री क्षेत्रमा दुईवटा तेल ट्याङ्करमाथि भीषण मिसाइल आक्रमण भएपछि खाडी क्षेत्रमा तनाव बढेको छ । 

संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनले यस आक्रमणका लागि सिधै इरानलाई जिम्मेवार ठहराएका छन्। अधिकारीहरूका अनुसार, यस भीषण आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

बहराइनको रक्षा मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्ति अनुसार, इरानको तर्फबाट प्रहार गरिएका दुईवटा क्रुज मिसाइलद्वारा यो आक्रमण गरिएको हो। आक्रमणमा'मोम्बासा' र 'बाहिया' नामक दुईवटा तेल ट्याङ्करहरूलाई निशाना बनाइएको थियो।

यसअघि, बेलायतको युके म्यारिटाइम ट्रेड अपरेसन ले ओमानको कलहातबाट ४० नटिकल माइल उत्तर-पूर्वमा एक शंकास्पद समुद्री घटना भएको पुष्टि गरेको थियो। 

आक्रमणमा परेको एउटा तेल ट्याङ्करका क्याप्टेनका अनुसार, एउटा अज्ञात प्रोजेक्टाइल (गोला वा मिसाइल) जहाजको इन्जिन रूमको दाहिने भागमा ठोक्किएको थियो। सङ्गठनका अनुसार यस घटनामा चालक दलका अन्य सबै सदस्यहरू सुरक्षित छन् र जहाजमै रहेका छन्।

यस गम्भीर आरोपमा इरान सरकारको तर्फबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। यद्यपि, इरानी सैन्य स्रोतहरूसँग जोडिएका समाचार एजेन्सीहरूले नियमहरू उल्लङ्घन गर्ने जहाजहरूमाथि आक्रमण गरिएको दाबी गरेका छन्। तर, इरानी सञ्चारमाध्यमहरूले यस आक्रमणको मुख्य स्रोत वा यसका लागि जिम्मेवार पक्षबारे कुनै स्पष्ट धारणा उल्लेख गरेका छैनन्।

एकातिर यूएई र बहराइनले यसलाई इरानको सीधा क्रुज मिसाइल आक्रमण भनिरहेका छन् भने, अर्कोतिर इरानका अर्ध-आधिकारिक एजेन्सीहरूले यसलाई नियम उल्लङ्घन गर्ने जहाजहरूमाथिको कारबाही का रूपमा प्रस्तुत गरिरहेका छन्। यसले गर्दा उक्त समुद्री मार्गमा सुरक्षा चिन्ता थप बढेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.