अमेरिकी सेनाले भन्यो: होर्मुजको जलडमरू खुला छ, इरानको नियन्त्रण छैन
इरानले हर्मुज जलडमरू बन्द गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको केही मिनेटपछि अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले प्रतिक्रिया दिएको छ।
सेन्टकमले सामाजिक सञ्जाल एक्समा रहेको एक पोस्टमा जलमार्ग खुला रहेको र यसका सेना तैनाथ र जहाजहरूको आवागमन सुनिश्चित गर्न तयार रहेको बताएको छ।
‘यस अन्तर्राष्ट्रिय जलमार्गमा कानुनी रूपमा पारवहन गर्न चाहने सबै जहाजहरूका लागि होर्मुजको जलडमरू खुला रहन्छ, ‘सेन्टकमले विज्ञप्तिमा उल्लेख गरेको छ।
इरानको अप्रत्याशित शत्रुतापूर्ण गतिविधि, उत्पीडन, धम्की र एकपक्षीय घोषणाहरूको बावजुद अमेरिकी सेना तैनाथ र नेभिगेसनको स्वतन्त्रता सुनिश्चित गर्न तयार रहेको विज्ञप्तिमा जनाइएको छ।
सेन्टकमले इरानले हर्मुजको जलडमरूलाई नियन्त्रण नगर्ने दाबी गरेको छ। सेन्टकमको बयान आउनुभन्दा केही समय अघि इरानको स्ट्रेट अफ हर्मुजको व्यवस्थापनका लागि तोकिएका अधिकारीले जलमार्ग हाल बन्द भएको बताएका थिए।
प्रतिक्रिया दिनुहोस !