अमेरिकी सैन्य अखडामा इरानकाे जवाफी हमला, मध्यपूर्वमा थप तनाव

अमेरिकी सैन्य अखडामा इरानकाे जवाफी हमला, मध्यपूर्वमा थप तनाव
फाईल: तस्बिर
सुन्नुहोस्

तेहरान: इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य अखडाहरूमा जवाफी  आक्रमण गरेको दाबी गरेको छ।

आईआरजीसीका अनुसार आइतबार र सोमबार बिहान भएका अमेरिकी हमलाहरूको जवाफमा यो कारबाही गरिएको हो। बीबीसीले आईआरजीसीलाई उद्धृत गर्दै यस आक्रमणमा थुप्रै महत्त्वपूर्ण ठेगाना तथा सैन्य स्रोतसाधनहरूमा क्षति पुगेको जनाएकाे छ।

आईआरजीसीले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'जोर्डनको प्रिन्स हसन एयर बेसमा रहेको विशाल मिसाइल भण्डार र इन्धन ट्याङ्कहरूलाई मिसाइल तथा ड्रोन आक्रमणको निशाना बनाइएको छ, जसका कारण त्यहाँ आगलागी भएको छ।'

यसैगरी, आईआरजीसीले बहराइनस्थित शेख ईसा एयर बेसलाई पनि निशाना बनाएको उल्लेख गरेको छ। आईआरजीसीका अनुसार उक्त आक्रमणमा अमेरिकी सेनाको हेलिकप्टर मर्मत केन्द्र, पी-८ इलेक्ट्रोनिक युद्धक विमानको ह्याङ्गर (विमान राख्ने ठाउँ) र ड्रोन कमान्ड एन्ड कन्ट्रोल सेन्टरलाई ध्वस्त पारिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.