बैंककको एक बारमा आगलागी हुँदा २७ जनाको मृत्यु

बैंककको एक बारमा आगलागी हुँदा २७ जनाको मृत्यु
सुन्नुहोस्

काठमाडौं : थाइल्याण्डको राजधानी बैंककस्थित चर्चित रेस्टुरेन्ट तथा बार 'रोङ बियर ना लात फ्राओ' मा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ, भने ६० भन्दा बढी मानिस घाइते भएका छन्।

थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चानविराकुलले घटनास्थलको निरीक्षण गर्दै मृत्यु हुनेमा ९ जना पुरुष र १८ जना महिला रहेको पुष्टि गरेका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

अग्निनियन्त्रकहरूका अनुसार सोमबार मध्यरात (स्थानीय समय अनुसार ११:३० बजे) पछि आगलागी भएको खबर पाएलगत्तै टोली घटनास्थल पुगेको थियो। टोली पुग्दा बारको मुख्य ढोकाबाट आगोको ज्वालाबीच मानिसहरू चिच्याउँदै र लड्दै भागिरहेका थिए। सामाजिक सञ्जाल एक्समा सार्वजनिक भएका भिडियोहरूमा बारबाट आगोको ठूलो लप्का बाहिर निस्किरहेको र केही मानिसहरूको शरीरमै आगो सल्किएको दर्दनाक दृश्य देखिन्छ।

अग्निनियन्त्रकहरूले करिब आधा घण्टामा आगो नियन्त्रणमा लिए पनि त्यतिवेलासम्म ठूलो क्षति भइसकेको थियो। थाइ सञ्चारमाध्यम 'थाइराथ'का अनुसार अझै केही मानिसहरू हराइरहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

प्रधानमन्त्री चानविराकुलका अनुसार बारको मेन स्विच बाट सल्किएको आगो तुरुन्तै विस्फोटमा परिणत भएको थियो। आगो र धुवाँबाट बच्न धेरैजसो मानिस बाहिर निस्किनुको साटो भवनको पछाडि रहेको शौचालयमा लुक्न जाँदा निसास्सिएर अधिकांशको मृत्यु भएको हो।

यस आगलागीबाट बार भित्रका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्। बैंककका गभर्नर चाटचार्ट सित्तिपुन्टले बार भित्रका प्रज्वलनशील सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको बताए। प्रारम्भिक रिपोर्ट अनुसार बारको आपत्कालीन निकास अगाडि व्यापारिक स्टल र टेबलहरू राखिएकाले मानिसहरूलाई बाहिर निस्किन अवरोध भएको थियो।

एक प्रत्यक्षदर्शी चालकले सुरुमा आगो देखेपछि गाडी रोकेर झ्यालको सिसा फुटाउँदै दुई जनाको सकुशल उद्धार गरेका थिए। घटनाबारे फरेन्सिक टोलीले थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.