देशका लागि विश्वकप खेलेका २५ वर्षीय दक्षिण अफ्रिकी फुटबलर एडम्स मृत्त भेटिए

देशका लागि विश्वकप खेलेका २५ वर्षीय दक्षिण अफ्रिकी फुटबलर एडम्स मृत्त भेटिए
सुन्नुहोस्

अफ्रिका : दक्षिण अफ्रिका तथा मामेलोडी सनडाउन्सका मिडफिल्डर जेडन एडम्स को २५ वर्षको उमेरमा निधन भएको छ । देशका लागि विश्वकप खेलेको केही सातामै उनको निधन भएको हो ।

दक्षिण अफ्रिकी प्रहरीले शनिबार बिहान केप टाउनको शटशेक्लुफ क्षेत्रमा रहेको एक घरमा उनको शव फेला परेको र घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ । जेडन एडम्सले विश्वकपमा दक्षिण अफ्रिकाका लागि समूह चरणका तीन वटै खेल खेलेका थिए । उनको टोली नकआउट चरणसम्म पुगेको थियो, तर राउन्ड अफ ३२ मा क्यानडासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

दक्षिण अफ्रिकाका खेल, कला तथा संस्कृति मन्त्री गेटन म्याकेन्जी ले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जेडन एडम्सको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र दुःखी बनाएको छ ।’ उनले थपे, ‘दक्षिण अफ्रिकी फुटबलले आफ्ना सबैभन्दा प्रतिभाशाली युवा खेलाडीमध्ये एकलाई गुमाएको छ । यो दुःखको घडीमा पूरा राष्ट्र उनका परिवार, टोलीका सहकर्मी र लाखौं समर्थकसँगै छ ।’

म्याकेन्जीले जेडनको मृत्युको कारण अहिलेसम्म खुल्न नसकेको बताउँदै सञ्चारमाध्यम र सर्वसाधारणलाई कुनै पनि अनुमान वा अफवाह नफैलाउन आग्रह गरेका छन् । उनले यस कठिन समयमा जेडनको परिवार र मामेलोडी सनडाउन्स क्लबको गोपनीयताको सम्मान गर्न पनि अनुरोध गरेका छन् । 
दक्षिण अफ्रिकी फुटबल खेलाडी संघले पनि जेडन एडम्सको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

संघका अनुसार उनले सन् २०२२ मा दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका थिए । संघले विज्ञप्तिमा भनेको छ, ‘जेडनले हालै सम्पन्न २०२६ को विश्वकपमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका थिए । उनको निधनले उनका परिवार, टोलीका सहकर्मी, क्लब, सम्पूर्ण फुटबल समुदाय र देशलाई ठूलो क्षति पुगेको छ ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.