कतारका पूर्वअमिर शेख हमद बिन खलिफाको निधन

कतारका पूर्वअमिर शेख हमद बिन खलिफाको निधन
सुन्नुहोस्

काठमाडौं : कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ। आइतबार बिहान उनको निधन भएको कतार सरकारले जनाएको छ।

शेख हमद सन् १९९५ देखि २०१३ सम्म कतारका अमिर थिए। उनी आधुनिक कतारको निर्माणका प्रमुख शिल्पीमध्ये एक मानिन्छन्। उनको नेतृत्वमा कतारले प्राकृतिक ग्यासको आम्दानीका आधारमा तीव्र आर्थिक विकास गर्दै विश्व कूटनीति,लगानी र सञ्चार क्षेत्रमा प्रभावशाली उपस्थिति बनाएको थियो।

उनकै पहलमा सन् १९९६ मा अल जजीरा इन्टरनेशनल नेटवर्क स्थापना गरिएको थियो,जसले अन्तर्राष्ट्रिय सञ्चार क्षेत्रमा कतारको प्रभाव विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।

सन् २०१३ मा उनले आफ्नो छोरा शेख तमिम बिन हमद अल थानीलाई सत्ता हस्तान्तरण गरेका थिए। उनी हाल कतारका अमिर छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.