चीनमा एक हप्ताभित्र दोस्रो ठूलो ‘बावी’ आँधी, २० लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

चीनमा एक हप्ताभित्र दोस्रो ठूलो ‘बावी’ आँधी, २० लाख मानिसलाई सुरक्षित स्थानमा सारियो
सुन्नुहोस्

चीन : चीनमा शक्तिशाली आँधी ‘बावी’ ले प्रवेश गरेको छ । एक हप्ताभित्रै चीनलाई प्रभावित पार्ने यो दोस्रो ठूलो आँधी हो । आँधीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै यसको मार्गमा पर्ने क्षेत्रबाट करिब २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । मौसम विभागका अधिकारीहरूका अनुसार ‘बावी’ शनिबार साँझ पहिलो पटक ताइझोउ शहरको तटमा ठोक्किएको थियो । त्यसपछि राति यो फेरि वेन्झोउ क्षेत्रमा जमिनमा प्रवेश गरेको थियो ।

यो आँधी करिब १ हजार किलोमिटर क्षेत्रफलमा फैलिएको छ, जुन लगभग फ्रान्सको आकार बराबर हो । चीन पुग्नुअघि ‘बावी’ ले जापानका दुर्गम टापुहरूलाई प्रभावित गरेको थियो भने ताइवानको उत्तरी भागमा भारी वर्षा भएको थियो । यसअघि फिलिपिन्समा यही आँधीका कारण आएको पहिरोमा कम्तीमा १७ जनाको मृत्यु भइसकेको छ ।

यद्यपि अहिले ‘बावी’ कमजोर हुँदै गएको छ, तर यससँगै आएको अत्यधिक चिस्यानका कारण अझै पनि भारी वर्षा र बाढीको जोखिम कायम रहेको छ । मौसम विभागले आँधी उत्तर–पश्चिम दिशातर्फ अघि बढ्दै जाँदा यसको शक्ति क्रमशः कमजोर हुने अनुमान गरेको छ । अधिकारीहरूले आइतबार पूर्वी झेजियाङ प्रान्त र उत्तर–पूर्वी फुजियान प्रान्तमा भारी वर्षा हुन सक्ने चेतावनी दिएका छन् ।

प्रशासनले कुनै गम्भीर अवस्था आउन नदिन मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरिएको जनाएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार झेजियाङ प्रान्तमा मात्रै १७ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने छिमेकी प्रान्तहरूबाट पनि हजारौँ मानिसलाई स्थानान्तरण गरिएको छ ।

आँधीका कारण झेजियाङमा विद्यालय, कामकाज र बाहिरी गतिविधिहरू रोकिएका छन् । साथै करिब ४०० उडान र धेरै रेल सेवा रद्द गरिएको छ । चीनको राजधानी बेइजिङमा पनि सावधानीस्वरूप करिब एक लाख मानिसलाई सुरक्षित स्थानमा राख्न निर्देशन दिइएको छ । यसअघि यही हप्ता आएको ‘मायसाक’ आँधीबाट दक्षिणी चीनका धेरै क्षेत्र अझै पूर्ण रूपमा बाहिर निस्कन सकेका छैनन् । ‘मायसाक’ ले ठूलो क्षति पुर्‍याएको थियो, जसमा कम्तीमा ३९ जनाको मृत्यु भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.