नयाँ प्रणालीबाट राहदानी छपाइ सुरू,मन्त्री खनालले गरे वितरण

नयाँ प्रणालीबाट राहदानी छपाइ सुरू,मन्त्री खनालले गरे वितरण
सुन्नुहोस्

काठमाडौं : राहदानी विभागले  नयाँ प्रणालीबाट राहदानी छपाइ सुरू गरेको छ।  विभागले सोमबारबाट जर्मन कम्पनीबाट राहदानी छपाइ सुरू गरेको हो। नयाँ प्रणाली सुरूवाती कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल ,परराष्ट्र सचिव अमृतकुमार राईलगायत उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।

 नयाँ प्रणालीबाट जारी भएको पहिलो राहदानी मन्त्री खनालले निवेश शाही र ओस्कर गुरूङलाई वितरण गरेका थिए।

विभागका अनुसार अत्याधुनिक सूचना प्रविधिमा आधारित प्रणाली कार्यान्वयन तथा 'गो–लाइभ'भइसकेपछि सुरुआती चरणमा केही प्राविधिक चुनौती,प्रणालीको सुस्तता तथा राहदानी वितरणमा सामान्य ढिलाइ देखिएपनि प्राविधिक टोली  २४ सै घण्टा 'स्ट्यान्डबाइ'मा रही समस्या समाधानमा जुटिरहेको विभागले जनाएको छ।

null

करिब एक करोड नेपाली नागरिकको राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको विभागको भनाइ छ। 

विभागले आगामी केही साताभित्र प्रणालीलाई थप स्थिर,तीव्र र प्रभावकारी बनाइने विश्वास व्यक्त गर्दै अत्यावश्यक परेका सेवाग्राहीलाई मात्रै तत्काल आवेदन दिन आग्रह गरेको छ।

यसले नयाँ प्रणालीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने विभागको भनाइ छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.