रास्वपाको जीतपुर सिमराको सभापतिमा केसी चयन

रास्वपाको जीतपुर सिमराको सभापतिमा केसी चयन
सुन्नुहोस्

सिमरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जीतपुरसिमरा नगर समितिको सभापतिमा सुरेशराज केसीले निरन्तरता पाएका छन्। चार दिनको रस्साकस्सीपछि केसीको नेतृत्वमा कार्यसमिति चयन गरिएको हो।

नगर समितिको अध्यक्ष पदका लागि केसी र क्षेत्र नं ४ का क्षेत्रीय सभापति युवराज न्यौपानेले उम्मेदवारी दिएका थिए । न्यौपानेले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन्।

यसैगरी उपसभापतिमा कविता चौधरी चयन भएकी छिन्। उपसभापतिका लागि मनोनयन दर्ता गराएकी सुशिला कार्कीले पनि उम्मेदवारी फिर्ता लिएकी छिन् । सचिवमा अमृत बस्याल र सहसचिवमा नारायण उप्रेती चयन भएका छन्।

त्यसैगरी सदस्यमा उषा बुढाथोकी प्रसाई, सुशीला कार्की, मालती भट्टराई, रामबाबु साह, मुकेश साह कलवार, कुनालराज गिरी, नसिमा खातुन, शेराजुल हक, मजिबु रहमान अंसारी, इन्दिरा दाहाल, सुभाष थापा, शेरबहादुर थापा, सुशिल लम्साल र दुर्गा पौडेललाई चयन गरिएको छ । समितिको कोषाध्यक्ष भने निर्वाचित सदस्यबाट अध्यक्षले मनोनित गर्ने बताइएको छ।

बाराको सिमरामा आयोजित प्रथम नगर अधिवेशन अन्तर्गत कार्यसमिति चयनका लागि आइतबार मनोनयन दर्ता गरिएको थियो। मनोनयनका क्रममा ३३ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए। मनोनयन दर्ता गराएकामध्ये १५ जनाको उम्मेदवारी सदर भएको थियो । तर चार दिनसम्म चलेको रस्साकस्सीपछि केही नाम थप गर्दै १८ सदस्यीय कार्यसमितिको टुंगो लागेको हो।

२१ सदस्यीय कार्यसमितिमा दलित महिला सदस्यको नाम टुंगो लाग्न बाँकी छ भने थप दुई सदस्य नगर समितिले पछि मनोनीत गरिने बताइएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.