मदिरा पिएर धकेल्दा युवकको मृत्यु

मदिरा पिएर धकेल्दा युवकको मृत्यु
सुन्नुहोस्

रौतहट : चन्द्रपुर नगरपालिका–४ मा मदिरा सेवन गरेर  एक युवकले बाटो हिँडिरहेका अर्का युवकलाई धकेल्दा उनको मृत्यु भएको छ ।  घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–४ निवासी ३० वर्षीय विष्णु सुवेदी रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका  प्रमुख, प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उपचारका क्रममा गए राति सुवेदीको मृत्यु भएको हो । उपरीक्षक रिजालका अनुसार  बारा जिल्लाको निजगढ नगरपालिका–६ घर भई हाल चन्द्रनिगाहपुरमा डेरा गरी बस्दै आएका ३८ वर्षीय विमल मोक्तानले मदिरा सेवन गरेको अवस्थामा बाटोमा हिँडिरहेका सुवेदीलाई धक्का दिएका थिए ।

घटनाका बेला मोक्तान र उनकी श्रीमतीबीच सडकमै झगडा भइरहेको बताइएको छ । सोही क्रममा त्यहाँबाट हिँडिरहेका विष्णु सुवेदीलाई मोक्तानले एक्कासी धकेलेपछि उनी बाटोमै लडेर गम्भीर घाइते भएका थिए । 

स्थानीयवासीका अनुसार लड्ने बित्तिकै सुवेदी केहीबेर मुर्छित अवस्थामा रहेका थिए । स्थानीय तथा आफन्तले तत्कालै सुवेदीलाई चन्द्रनिगाहपुरस्थित रिसरेखा अस्पतालमा उपचारका लागि पुर्‍याएको भए पनि अस्पतालमा प्रारम्भिक उपचारपछि चिकित्सकले थप उपचारका लागि बाहिर रेफर गर्न सुझाव दिएका थिए । तर, आर्थिक अवस्थाका कारण परिवारले उनलाई घरमै लगेको थियो ।

घर फर्काइएका सुवेदीको स्वास्थ्य अवस्था रातभर बिग्रिँदै गएको र गए राति करिब १२ बजे उनको मृत्यु भएको उपरीक्षक रिजालले जानकारी दिए ।  प्रहरीले आरोपित विमल मोक्तानलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको उपरीक्षक रिजालले जानकारी दिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.