चित्लाङ बागमती गोल्डकपको फाइनलमा

चित्लाङ बागमती गोल्डकपको फाइनलमा
सुन्नुहोस्

हेटौंडा :  चित्लाङ एफसी, काठमाडौं मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौं संस्करणको बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। सहिद स्मृति रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सिमराको नवजनजागृती क्लबलाई ५-१ गोलले हराउँदै चित्लाङ गोल्डकपको फाइनलमा पुगेको हो।  

चित्लाङका लागि विदेशी खेलाडी सोलोमन किङले खेलको ४३ औं र ८७ औं मिनेटमा, एरोन थापाले ७८ औं र ८१ औं मिनेटमा गोल गरे भने समीर तामाङले ७९ औं मिनेटमा गोल गरे। जनजागृतीका लागि बिक्रम लामाले ८३ औं मिनेटमा एक गोल फर्काए। चित्लाङका सोलोमन प्लेयर अफ दि म्याच घोषित भए। उनले १० हजार प्राप्त गरे। 

चित्लाङ एपीएफलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको थियो भने क्वाटरफाइनलमा मछिन्द्रलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो। 

चित्लाङले अब उपाधिका लागि शनिबार सर्लाहीको बागमती युथ क्लबसँग भिड्नेछन्। बुधबार भएको पहिलो सेमिफाइनलमा फ्रेन्ड्स क्लबलाई हराउँदै बागमती फाइनल प्रवेश गरिसकेको छ। 

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्टहरुले २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.