आठौं राष्ट्रिय बागमती गोल्डकपको खेल तालिका सार्वजनिक

आठौं राष्ट्रिय बागमती गोल्डकपको खेल तालिका सार्वजनिक
सुन्नुहोस्

हेटौंडा :  वैशाख १७ गतेदेखि मकवानपुरको बागमती गाउँपालिकामा सञ्चालन हुने आठौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो। 

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद  विकास समिति र सर्लाहीको बागमती युथ क्लब भिड्ने भएको छ। खेल बिहीबार दिउँसो ३:३० बजे बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुनेछ।

यस्तै १८ गते त्रिभुवन आर्मी क्लब काठमाडौं र बाराको नव जनजागृती क्लब, १९ गते विभागीय सशस्त्र प्रहरी बलको एपीएफ र चित्लाङ एफसी, काठमाडौं, २० गते बाई पाएका ललितपुरको चर्च ब्वाइजले आयोजक र बागमती युथ क्लब बीच प्रतिस्पर्धा हुनेछ।

यस्तै २१ गते ललितपुरको फ्रेन्ड्स क्लब र प्लानिङ ब्वाइज युनाइटेड, २२ गते बाई पाएका मछिन्द्र क्लब, काठमाडौंले एपीएफ र चित्लाङ बीचको विजेतासँग खेल्नेछ। प्रतियोगिताको सेमिफाइनल खेल २३ गते र २४ गते हुनेछ। फाइनल खेल वैशाख २६ गते हुनेछ। 

प्रतियोगितामा आयोजकसहित १० टिम सहभागी हुनेछन्। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरुले २५-२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०-१० हजार प्राप्त गर्नेछन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.