राजश्व अनुसन्धान पथलैयाका प्रमुखको कार्यकक्षमा आगलागी

राजश्व अनुसन्धान पथलैयाका प्रमुखको कार्यकक्षमा आगलागी
सुन्नुहोस्

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरापलिका–१ पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयका प्रमुखको कार्यकक्षमा आगलागी भएको छ। विद्युत सर्ट भएर मंगलबार राति कार्यालय प्रमुख डिल्लीराज लेखकको कार्यकक्षमा आगलागी भएको हो।

आगलागीबाट कार्यालय भवनको दोस्रो तल्लामा रहेको कार्यकक्ष पूर्णरुपमा जलेर नष्ट भएको छ। कार्यकक्षभित्र रहेका ल्यापटप, एसी, फर्निचरलगायतका सबै सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

कार्यालयको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले कार्यकक्षमा आगो लागेको देखेपछि अन्यलाई खबर गरेका थिए। सुरक्षाकर्मी र कर्मचारीले फायर एक्स्टिङ्गुइजरको सहायतमा आगो नियन्त्रणमा ल्याएका हुन्।  

कार्यालयका प्रमुख लेखकले राति करिब १२ बजेको समयमा कार्यकक्षमा आगो लाग्दा सामग्री जलेर नष्ट भएको बताए। लेखकले सुरक्षाकर्मी र कर्मचारीले आगो नियन्त्रणमा ल्याएको जानकारी दिए। आगलागीबाट कति क्षति भएको भन्ने यकिन हुन बाँकी रहेको लेखकको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले विद्युत सर्ट भएर आगो लागेको र ल्यापटप, एसी, फर्निचरजस्ता सामग्री जलेर नष्ट भएको बताए। पण्डितले कति मूल्य बराबर क्षति भएको भन्ने खुल्न बाँकी रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.